पोखरासहित केही विमानस्थल बन्द, त्रिभुवन विमानस्थलमा यात्रुको चाप

 साउन ८, २०७६ बुधबार १३:९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहानैदेखि मौसममा आएको खराबीका कारण बन्द भएका देशका आन्तरिक विमानस्थल खुल्न थालेका छन् । बिहान नेपालगञ्ज, धनगढी र भैरहवाबाहेक अरु विमानस्थल बन्द रहेकोमा अहिले धेरै विमानस्थल खुलेका छन् ।

मौसममा केही सुधार भएसँगै विराटनगर विमानस्थल १२ बजेदेखि खुलेको छ । यस्तै जनकपुर, जुम्ला र रामेछाप विमानस्थल पनि अहिले खुलेका छन् ।

तर पोखरा, सिमरा र भरतपुर विमानस्थल अझै नखुल्दा यात्रु अलपत्र परेका छन् । व्यस्त रहने यी ३ वटा विमानस्थल बन्द हुँदा काठमाण्डौको त्रिभुवन विमानस्थलमा यात्रुको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

बिहानैदेखि देशका धेरै स्थानमा पानी पर्दा केही सडक बन्द भएका छन् भने विमानस्थल पनि बन्द हुँदा यात्रु मारमा परेका छन् ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया