निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी

 साउन ८, २०७६ बुधबार १६:१९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाण्डौले बहुविवाहसम्बन्धी कसुरमा अनुसन्धान गर्न दुवैलाई पक्राउ गर्न अनुमति दिएकाे हाे ।

हेमा ओझाले पहिलो श्रीमतीको रुपमा आफू हुँदाहुँदै निर्माता छविराज ओझा र नायिका पोखरेलले बहुविवाह गरेकाले दुवैलाई कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेकी थिइन् । 

हेमा ओझाले महानगरीय प्रहरी परिसर गौशालामा उजुरी गरेकी थिइन् । महिलासम्बन्धी मुद्धा महिला प्रहरी सेल कालिमाटीले हेर्ने भएकाले पक्राउ पूर्जी पनि त्यहीँबाट काटिएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । पक्राउ पूर्जी जारी भएसँगै प्रहरीले दुवैलाई खोजिरहेको पनि उहाँले बताउनुभयो ।  

नायिका शिल्पाले निर्माता छविराज ओझासँग डिभोर्सको प्रक्रिया अघि बढाएका बेला हेमा ओझाले उजुरी दिएपछि  भने घटनाले नयाँ मोड लिएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • Yogita

    July 24, 2019, 9:34 p.m.

    हाम्रो कानून पनि अजीव छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया