लमजुङको दोर्दी खोलामा बाढी : २ जनाको शव फेला

 साउन ८, २०७६ बुधबार १८:३०:१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको दोर्दी खोलामा बाढीले बगाएर ल्याएकाे दुई जनाकाे शव फेला परेकाे छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेका अनुसार दोर्दी खोलामा आएको बाढीले बगाएर ल्याएको दुई जनाको शव दोर्दी गाउँपालिका–४ नौथर शेरामा फेला परेको छ ।

‘बाढीले बगाएर ल्याएको २ जनाको शव दोर्दी खोला किनारामा फेला परेको छ । शवको पहिचान खुलेको छैन’, प्रहरी निरीक्षक पाण्डेले भन्नुभयाे । प्रहरीसँगको समन्वयमा गाउँपालिकाले दोर्दी र मर्स्याङ्दी नदी आसपास बस्ने नागरिकलाई सूचना प्रवाह गरी सतर्क रहन आग्रह गरेको उहाँले बताउनुभयाे । 

खोलामा बाढी आएकाले नदी आसपासमा बस्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

बुधबार दिउँसो ३ बजेदेखि दोर्दी खोलामा एक्कासि बाढी आएको दोर्दी गाउँपालिकाका उपाध्यक्ष दीलबहादुर घलेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया