दोर्दी खोलामा बाढी : ज्यान गुमाउनेको संख्या चार पुग्याे

 साउन ८, २०७६ बुधबार २०:२५:३६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको दोर्दी खोलामा बाढीले बगाएर ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

त्यस्तै पाँच जनाकाे सकुशल उद्धार भै उपचारका लागि अस्पताल लगिएकाे घटनास्थलमा रहनु भएका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले बताउनुभयाे । 

 बाढीले बगाएर केही बेपत्ता भएकाे प्रहरीले आशंका गरेकाे छ । दोर्दी गाउँपालिकाको लिबर्टी जलविद्युत आयोजनाको बाँध भत्किएर बाढी आउँदा जलविद्युत आयोजनामै काम गर्ने ४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन । 

दोर्दी गाउँपालिका–४, शेरामा दुई जना र कीर्तिपुरमा दुई जनाको शव भेटिएको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । उहाँले हराइरहेकाहरुको खोजी भइरहेको बताउनुभयो ।  

खोलामा बाढी आएपछि आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया