गोरखामा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद

 साउन ९, २०७६ बिहिबार १२:७:२९ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखामा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद भएको छ । धार्चे गाउँपालिका खोर्लाबेसीमा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।  

मनास्लु पदमार्ग नजिकै ओडारभित्र लुकाइराखेको सुन बिहीबार बिहान भेटिएको स्थानीय विशुकुमार गुरुङले जानकारी दिनुभयो । २७ दिनदेखि हराइरहेका धनकमल गुरुङले लुकाएको सुन ओडारमा भेटिएको प्रहरी स्रोतले जनाएको छ । 

तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि धनकमलले सुन लुकाएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गएको २७ दिनदेखि हराइरहेका धनकमललाई खोज्न परिवारले प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले बुधबार नै उनलाई पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया