हराएकी बालिकाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला

 साउन ९, २०७६ बिहिबार १३:३६:५६ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीमा खाल्डोमा गाडिएको अवस्थामा एक बालिकाको शव भेटिएको छ ।

दोगडाकेदार गाँउपालिका वडा नम्बर–२, ढिकगाड घर भै हाल दशरथचन्द नगरपालिका वडा नम्बर–४, बमरोडामा बुवासँगै बस्दै आइरहेकी ८ वर्षीया बालिका कलावती सार्कीको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दिपक पातलीले जानकारी दिनुभयो ।

बुधबार सार्कीको शव उनी पढ्ने ईश्वर आधारभूत विद्यालय छेउको खाल्डोमा गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । बालिका गएको असार १८ गतेदेखि बेपत्ता भएकी थिइन् ।

गोठाला गएका स्थानीय महिलाले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालिकाको शव सडेको अवस्थामा भेटिएका अनुसन्धानमा कठिनाइ भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया