बंगलादेशविरुद्धकाे एकदिवसीय सिरिजका लागि यस्ताे छ श्रीलंकाली टाेली

 साउन ९, २०७६ बिहिबार १५:२६:२९ | एजेन्सी
unn.prixa.net

बंगलादेशविरुद्धको तीन एक दिवसीय सिरिजका लागि श्रीलंकाले खेलाडीकाे सूची घोषणा गरेको छ ।

जसमा २२ जना प्रारम्भिक खेलाडीबाट १६ जनाको नाम मात्रै अन्तिम टिममा समावेश गरेको हो । श्रीलंकाले घरेलु मैदान प्रेमदासा स्टेडियममा शुक्रबार बंगलादेशसँग पहिलो एक दिवसीय क्रिकेट खेल्दै छ । सबै खेल त्यही मैदानमा दिउँसाे र राति हुनेछ ।

श्रीलंकाली टिममा दिमुथ करुणारत्ने (कप्तान) कुशल परेरा, अविष्का फर्नान्डो, कुशल मेन्डिस, एन्जेलो म्याथ्यूज, लाहिरु थिरिमाने, शेहन जयसूर्या, धनञ्जय दा शिल्भा, वानिन्दु हसरंगा, अकिला धनञ्जय, लासिथ मालिंगा, नुवान प्रदीप, लाहिरु कुमारा, थिसारा परेरा, इसुरु उडाना र कशुन रजिथा रहेका छन् ।

मालिंगाले बंगलादेशविरुद्धको पहिलो खेलसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा हुने घोषणा गरिसकेका छन् ।

श्रीलंकन क्रिकेट बोर्डका अनुसार मालिंगाको ठाउँमा बाँकी २ वटा एक दिवसीयका लागि दसुन शनाकालाई टिममा स्थान दिइने छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया