पाउलो डिबाला भित्र्याउन युभेन्टसलाई टाेटनह्यामकाे आकर्षक प्रस्ताव

 साउन ९, २०७६ बिहिबार १७:०:४४ | एजेन्सी
unn.prixa.net

टोटनह्यामले युभेन्टसका स्टार पाउलो डिबालालाई बेच्न आग्रह गरेकाे छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनी स्टार डिबालाको लागि टोटनह्यामले ८० मिलियन पाउन्डको प्रस्ताव राखेको हो । प्रस्ताव युभेन्टसको लागि निकै राम्रो छ र सायद यो प्रस्ताव युभेन्टसले स्वीकार गर्नेछ ।

क्रिस्टियानो रोनाल्डो को युभेन्टसमा प्रवेशपश्चात युभेन्टसमा डिबालाको गुनगान खासै सुनिएको छैन । डिबालाले निकै मेहनत गरेर खेलेको देखिन्छ । २५ वर्षे डिबालालाई उसको उज्ज्वल भविष्यका लागि अन्य क्लबसँग सम्झौता गर्नका लागि म्यानेजर माउरिजिओ सार्री प्रयासरत देखिन्छन् ।

डिबाला अहिले कोपापश्चात बिदामा रहेका छन् । उनले कोपा अमेरिकामा सहभागी खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

डिबालाप्रति म्यानचेस्टर युनाइटेड, पीएसजी र बायर्न म्युनिखले पनि चासो देखाएको छ भने उनलाई बेच्ने वा नबेच्ने भन्ने कुरामा भने युभेन्टसले निर्णय गरिसकेको छैन ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया