सप्तरीका बाढी पीडितलाई सिप्रदीयन सहायता संस्थाकाे राहत

 साउन ९, २०७६ बिहिबार १८:१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले सप्तरी जिल्लाकाे फत्तेपुरका बाढी प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका राहत सामग्री वितरण गरेको छ । 

सिप्रदीयन सहायता संस्थाको १० जनाको स्वयंसेवक टोलीले सप्तकोशी नगरपालिका-६ र ७ का कुल ३१० घर परिवारलाई प्रति घर २५ किलाे चामल, १.५ किलाे दाल, १ किलाे नुन र १ लिटर खाना पकाउने तेल लगायतका सामग्रीहरु राहतस्वरुप वितरण गरेको हा‍‍े । संस्थाले स्थानीय निकायका जनप्रतिनिधिहरु, राजनीतिक व्यक्तित्वहरु साथै सिप्रदीसँग आवद्ध व्यवसायीहरुको उपस्थितिमा राहत सामग्री वितरण गरेको हो । 

मनसुनी वर्षाका कारण सप्तकोशी नगरपालिकाकाे त्रियुगा नदी आसपासका बासिन्दा बढी प्रभावित भएका छन् । गएकाे असार २६ देखि परेकाे मनसुनी झरीका कारणल दक्षिण-पूर्वी जिल्लाका बस्तीहरु प्रभावित भएका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया