९० वर्षीया वृद्धालाई बलात्कार गर्ने युवकलाई ११ वर्ष जेल

 असार २५, २०७५ सोमबार १४:१३:१५ | सन्तोष थापा
unn.prixa.net

पर्वत – ९० वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा पर्वतको मोदी गाउँपालिका –१, भुकताङलेका २० वर्षीय युवकलाई पर्वत जिल्ला अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ । 

भुकताङले घर भै हाल मोदी गाउँपालिका –३, देउराली बस्दै आएका शंकर परियारलाई पर्वत जिल्ला अदालतले आइतबार ११ वर्ष कैद सजायको फैसलाका साथै ३० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले आरोपितलाई ११ वर्ष कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोख्रेलले बताउनुभयो । वाक अपाङ्गतासमेत रहेकी पीडित वृद्धालाई आरोपितले गएको वैशाख ५ गते रक्सी खाएर उनकै घरमा बलात्कार गरेको अभियोग लागेको थियो । 

पर्वत जिल्ला अदालतले जेठ १ गते परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि असार २४ गते आइतबारका दिन ११ वर्ष कैद सजाय र ३० हजार क्षतिपूर्तिबापत जरिवाना भराउने फैसला गरेको हो ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया