कोरियन वनबाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो

 साउन १०, २०७६ शुक्रबार ११:३२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शुक्रबार कोरियन वनबाहेक अरु सबै मुद्राको मूल्य बढेको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ७७ पैसा तोकेको छ । बिहीबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६७ पैसा थियो । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३८ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा छ । बिहीबार खरिददर २९ रुपैयाँ ३५ पैसा र बिक्रीदर २९ रुपैयाँ ५१ पैसा थियो । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा तोकेको छ । बिहीबार रियाल १ को खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा थियो ।

शुक्रबार यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १६ पैसा तोकिएको छ । बिहीबार दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३० रुपैयाँ १३ पैसा थियो । यस्तै मलेसियन रिंगिट१ को खरिददर २६ रुपैयाँ ७८ पैसा र बिक्रीदर २६ रुपैयाँ ९२ पैसा तोकेको छ । बिहीबार रिंगिट १ को खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८७ पैसा थियो । 

कोरियन वनको मूल्य भने बिहीबारको भन्दा केही पैसाले ओरालो लागेको छ । शुक्रबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा तोकेको छ । बिहीबार यसको १ सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा थियो ।

शुक्रबार कुवेती दिनार १ को खरिददर ३६२ रुपैैयाँ ५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २ पैसा तोकिएको छ । बिहीबार यसको १ को खरिददर ३६१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ६८ पैसा थियो ।

यस्तै बहराइन दिनारको मूल्य पनि बढेको छ । शुक्रबार १ बहराइन दिनारको खरिददर २९२ रुपैयाँ २३ पैसा र बिक्रीदर २९३ रुपैयाँ ८२ पैसा पुगेको छ । बिहीबार यसको १ को खरिददर २९१ रुपैयाँ ९६ पैसा र बिक्रीदर २९३ रुपैयाँ ५५ पैसा थियो ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया