नवलपुर जिल्ला अदालतको गाडीमा आगजनी

 साउन १०, २०७६ शुक्रबार ११:५३:३४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – नवलपुर जिल्ला अदालतको गाडीमा आगजनी भएको छ । बिहीबार राति कावासोती नगरपालिका–८ मा रहेको अर्जुन श्रेष्ठको घरमा पार्किङ गरेर राखेको बा २ झ ३५०२ नम्बरको गाडीमा आगजनी भएको हो । 

नवलपुर जिल्ला अदातलका श्रेष्तेदार शारदादत्त बडुले प्रयोग गर्दै आउनुभएको गाडीमा आगजनी भएको हो । बडु कावासोती नगरपालिका–८ मा रहेको अर्जुन श्रेष्ठको घरमा भाडामा बस्दै आउनु भएको थियो ।

आगजनीबाट गाडीको अगाडीको भाग जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार आगो कसले लगाएको भन्ने अनुसन्धान भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया