कान्स फिल्म फेस्टिभलमै भएको थियो मेरो बलात्कार : अभिनेत्री अर्जेन्टो

 जेठ ६, २०७५ आइतबार १४:५३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्जेन्टाे

जेठ ६ – हलिउड फिल्म प्रोड्यूसर हार्वे विन्स्टिनद्वारा अभिनेत्रीहरुमाथि गरिएको यौन शोषणको विषय यस वर्षको  ‘कान्स फिल्म फेस्टीभल’ मा चर्चाको विषय बनिरह्यो ।

इटालियन अभिनेत्री आसिया अर्जेन्टोले कान्स फिल्म फेस्टिभलको क्लोजिङ्ग स्पीचका क्रममा आफूमाथि भएको यौन शोषणको बारेमा बताएकी छिन । सन १९९७ मा कान्स फिल्म फेस्टिभलमा हार्वेले आफूमाथि बलात्कार गरेको अर्जेन्टोले बताएकी छिन । हार्वेलाई करिव ५० जना महिलाहरुले यौन शोषणको आरोप लगाएका छन ।

 

अभिनेत्री अर्जेन्टोलाई यस वर्षको कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त भएको छ । कान्स फिल्म फेस्टिभलको क्लोजिङ सेरोमनी स्पीचमा अर्जेन्टोले भनिन, ‘सन् १९९७ मा यही कान्स फेस्टिभलमा हार्वेले मेरो बलात्कार गरेका थिए । त्यतिबेला म २१ वर्षकी थिएँ । यो फेस्टीभलमा उसले यौन शोषणको अखडा बनाएको थियो ।’

उनले अगाडि भनेकी छिन, ‘म  अनुमान गर्दछु कि हार्वेलाई अब यस समारोहमा कहिले पनि स्वागत गरिने छैन । उसले अहिले अपमानित जिन्दगी जिउँदैछ । कुनै समय उसको अपराधलाई ढाकछोप गर्ने फिल्म उद्योगले अहिले भने उसलाई  फिल्म उद्योगबाट निकालीदिएको छ ।’

आसियाले भनेकी छिन, ‘ आज राति पनि तपाईँहरु बीच कयौं यस्ता व्यक्ति बसेका छन्, जसले महिलाहरुमाथि आफूले गरेका अपराधका बारेमा यस फिल्म उद्योगलाई जवाफ दिनेछ । तपाईँलाई थाहा छ तपार्इँ को हो तर सबै भन्दा महत्वपूर्ण कुरा यो हो कि हामीलाई थाहा भइसक्यो तपाईँ को हो भनेर । अब अगामी दिनमा यस किसिमका अपराध गर्नका लागि अनुमती कदापी दिनेछैनौं । ’

इटालियन अभिनेत्री आसिया अर्जेन्टोले कान्समा बोलेको कुरालाई उनको ट्वीटर ह्याण्डल मार्फत पनि सेयर गरेकी छिन । 

This is the speech I wrote and spoke out loud tonight at Cannes. For all the brave women who came forward denouncing their predators, and for all the brave women who will come forward in the future. We got the power #metoo pic.twitter.com/ttJN1pNFxR

— Asia Argento (@AsiaArgento) May 19, 2018

हार्वे विन्सटीन ‘द शेक्सपियर इन लभ’ र ‘शिकागो’ जस्ता ब्लकबस्टर फिल्मबाट चर्चा कमाएका थिए । उनीमाथि लगाइएको बलत्कारको आरोपपछि हार्वेलाई उनको आफ्नै कम्पनी ‘द विन्स्टिन कम्पनी’ को सञ्चालक पदबाट निकालिएको छ ।   

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया