पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
सिन्धुली – चार दिन अघि बाढीले बगाएर बेपत्ता भएका गोलान्जोर गाउँपालिका–४ किराँतेका १७ वर्षीय खुमराज बजगाईँकाे शव फेला परेको छ ।
स्थानीय, प्रहरी र आफन्तले खोजतलास गर्दा उनको शव गोलान्जोर गाउँपालिका–४ को बिमेरे खोलाको दोभानमा शुक्रबार फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट घर जाने क्रममा बजगाईँलाई गएको साउन ६ गते राति रानीखोलामा आएको बाढीले बगाएको थियो ।
बजगाईँसहित सिन्धुलीमा अहिलेसम्म बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ६ पुगेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो । सिन्धुलीमा बाढी पहिरोमा परि अझै तीन जना हराइरहेका छन् ।