ओर्लिने क्रममा आफैँ चढेकाे बसकाे ठक्करबाट एक जनाको ज्यान गयाे

 साउन ११, २०७६ शनिबार १७:२०:३१ | नेत्र शाही
unn.prixa.net

जुम्ला - कर्णाली राजमार्गमा बसले ठक्कर दिँदा शुक्रबार एक जनाकाे घटनास्थलमै ज्यान गएकाे भएको छ ।

तिला गाउँपालिकाको कुडारी बजारमा क १ ख ७ नम्बरको बसमा चटेर आएका ४५ वर्षीया उति सार्कीकाे ढोकाबाट झर्ने बेलामा त्यही बसको ठक्करवाट घटनास्थलमै ज्यान गएको कुडारी प्रहरी चौकीका हवलदार लोकबहादुर सिंहले जानकारी दिनुभयो ।

जुम्लाको सदरमुकाम खलङ्गाबाट नाग्म हुँदै सिँजाको गुठीज्यूलातर्फ जाँदै गरेको बसको ठक्करबाट सार्कीको मृत्यु भएको हवलद्धार सिंहले जानकारी दिनुभयो । सार्कीले कुडारी बजार आउँदा बान्ता भयो भन्दै ढोकाबाट बाहिर निस्कने क्रममा बसको पछिल्लो पांग्रा र ढुंगामा च्यापिँदा ज्यान गएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नविन वलीका अनुसार मृतकको शव पोष्टर्माटमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ ।

बसका चालक भिमराज महत फरार भएका र खोजी कार्य भइरहेको र बस भने नियन्त्रणमा लिएर कुडारी प्रहरी चाैकीमा राखिएकाे छ । मृतकका आफन्तले  क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै पोस्टमार्टम गर्नबाट रोकेका स्थानीयले जनाएका छन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया