गुल्मीमा घर भत्किँदा एक बालकको ज्यान गयो, पाँच जना घाइते

 साउन १२, २०७६ आइतबार ६:४२:३३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको थापचौरमा घर भत्किँदा एक बालकको ज्यान गएको छ । ५ जना घाइते भएका छन् । 

कालिगण्डकी गाउँपालिका– ७ को छापचौरमा लगातारको वर्षाका कारण घर भत्किँदा १३ वर्षका चुन्ने परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिनुभयो ।

घर भत्किएर २८ वर्षीया खिमा परियार, ३३ वर्षीय प्रदीप परियार, १२ वर्षीय साजन परियार, २५ वर्षीया भेषकुमारी परियार र एक वर्षीया सोनी परियार घाइते भएका छन् । स्थानीय र प्रहरीको सहयोगमा उनीहरुको राति नै उद्धार गरिएको थियो । उनीहरु सबैको उपचारका लागि पाल्पा पठाइएको स्थानीय अनिष ढकालले जानकारी दिनुभयो । 

राति २ बजेतिर घर भत्किएको र अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ३, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया