विदेशमा अभिभावक गुमाएका दोलखाका ६ विद्यार्थीले पाए छात्रवृत्ति

 साउन १२, २०७६ आइतबार १३:१९:३९ | उषा तामाङ

दोलखा – विदेशमा अभिभावक गुमाएका दोलखाका ६ जना विद्यार्थीले छाञवृत्ति पाएका छन् ।

वैदेशिक रोजगार बोर्डले दोलखाका विभिन्न ठाउँमा अध्ययनरत ६ जना विद्यार्थीलाई आर्थिक वर्ष २०७५/०७६ मा छात्रवृत्ति प्रदान गरेको शिक्षा विकास तथा समन्वय इकाइ दोलखाले जनाएको छ ।

कालिञ्चोक माध्यमिक विद्यालयमा अध्ययनरत एनोश अधिकारी, पशुपति कन्या माध्यमिक विद्यालयमा अध्ययनरत एनिशा अधिकारी, देवलिङ्गेश्वर माध्यमिक विद्यालय ओराङमा अध्ययनरत शर्मिला तामाङलाई १२ हजार रुपैयाँ छात्रवृत्ति दिइएको हो। यस्तै देवलिङ्गेश्वर माध्यमिक विद्यालय ओराङमा अध्ययनरत सबिना तामाङ, प्रविना तामाङ र हिरोन तामाङले ८ हजार रुपैयाँ छात्रवृत्ति पाएका छन् । वैदेशिक रोजगारीका क्रममा बुवा गुमाएका दुई परिवारका उनीहरुले बर्सेनि छात्रवृत्ति पाइरहेका छन्।

वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग, अशक्त भएका कामदारका परिवारलाई वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट शैक्षिक विकासका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । बोर्डले वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि २०७१ पहिलो संशोधन २०७३ अनुसार छात्रवृत्ति प्रदान गर्ने गरेको हो।

अन्तिम अपडेट: बैशाख ३, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया