वैदेशिक रोजगारी बारेको जानकारी गाउँमा पुर्‍याउने शिक्षकको प्रतिबद्धता

 असार २५, २०७५ सोमबार १७:३७:३७
unn.prixa.net

खोटाङ – खोटाङमा सामाजिक विषयका शिक्षकका लागि गरिएको वैदेशिक रोजगार सम्बन्धी कार्यक्रमका सहभागीले आफूले पाएको जानकारी गाउँमा पुर्‍याउने  बताएका छन् । 
वैदेशिक रोजगारीका जानकारी गाउँमा पु¥याउन बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना सामी विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत गरिएको कार्यक्रममा सहभागी शिक्षकले आफ्नो कार्यक्षेत्रमा सहकर्मीहरुसँगै विद्यार्थी मार्फत गाउँमा पुर्‍याउने बताएका हुन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका १६ वटा माध्यमिक विद्यालयका शिक्षकहरुसँग गरिएको कार्यक्रममा जिल्लाको वैदेशिक रोजगारीको अवस्था, स्थानीय निकायले वैदेशिक रोजगारीको क्षेत्रमा गरिरहेका काम र सामी परियोजनाका गतिविधि बारे जानकारी गराइएको थियो । 

कार्यक्रममा नगर शिक्षा विभागका प्रमुख पञ्चकुमार राईले विद्यालय पाठ्यक्रममा वैदेशिक रोजगारका विषय बारे जानकारी गराउनुभएको थियो भने शिक्षा तथा समन्वय इकाई प्रमुख ठाकुरप्रसाद दाहालले वैदेशिक रोजगार छात्रवृति वितरणमा विद्यालयको जिम्मेवारी के हुन्छ भन्ने बारे बताउनुभएको थियो । 

कार्यक्रम बालसेवा समाजका अध्यक्ष चन्द्रकला भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया