रसुवाबाट ६ वर्षमा ४७ केजी सुन बरामद

 साउन १३, २०७६ सोमबार १८:२०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

सांकेतिक तस्बिर

रसुवा – चीनबाट अवैध रूपमा ल्याएको ४७ केजी सुन बरामद गरिएको छ । चीनको केरुङबाट विभिन्न बाटो प्रयोग गरेर ल्याउँदै गर्दा रसुवामा ६ वर्षमा झण्डै ४७ केजी सुन बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार रसुवागढी नाका र मालागढी नाका प्रयोग गरेर सुन भित्रिएको छ । रसुवागढी नाका र मालागढीबाट सबैभन्दा कम ६ तोला सुन पक्राउ गरिएको छ ।

कहिले कति बरामद ?

आर्थिक वर्ष २०७०/७१  - ११ तोला

आर्थिक वर्ष  ०७२/७३  - ६ तोला

आर्थिक वर्ष ०७२/७३  - ८ केजी २ सय २० ग्राम २० तोला

आर्थिक वर्ष ०७/-७४ - १४ केजी १ सय १६ ग्राम

आर्थिक वर्ष  ०७४/७५ - १७ केजी १६ तोला

आर्थिक वर्ष  ०७५/७६ - ७ केजी ८ सय ४० ग्राम 

२०७६/७७ साउन - १०२.४९ ग्राम 

६ वर्षमा सुन तस्करीमा संलग्न भएका चालक र भरिया गरी २५ जना पक्राउ परेका छन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया