प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
बैतडी – भारतले सोमबार राति धौलीगंगा पावर स्टेशनको बाँध खोल्ने भएकाले महाकाली नदी किनारका बासिन्दाहरुलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।
भारतीय प्रशासनले दिएको जानकारीअनुसार सोमबार राति १२ बजेपछि एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशनमा सफाइ गर्नु पर्ने भएकाले बाँध खोलिन लागेको हो ।
धौलीगंगा पावर स्टेशनको बाँध खोल्दा महाकाली नदीमा पानीको बहाव बढ्ने भएकाले नदी किनार आसपासमा नजान र सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । पानीको बहाव मंगलबारसम्म नै बढी हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।
यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि महाकाली नदीका आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । भारतले धौलीगंगा पावर स्टेशनको बाँध खोल्ने भएकाले महाकाली नदी आसपासका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।
यसअघि गएको असार ११ गते पनि भारतले धौलीगंगाको बाँध खोलेको थियो ।