भारतीय तीर्थ यात्रीको मृत्यु

 साउन १४, २०७६ मंगलबार ६:२६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – मुस्ताङमा सोमबार एक भारतीय तीर्थयात्रीको ज्यान गएको छ । ज्यान जानेमा भारतको हैदरावादका ६३ वर्षीय प्रसन्न कुमार रहेको गण्डकी प्रदेश प्रहरी प्रदेश कार्यालय पोखराले जनाएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गरी फर्कने क्रममा कुमारलाई जोमसोममा मुटुको समस्या देखिएको थियो । 

जोमसोम अस्पतालमा उपचार गराएर फर्कने क्रममा अचानक ढलेर बेहोस भएका कुमारको अस्पताल पुर्‍याए लगत्तै ज्यान गएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया