पाकिस्तानमा सेनाको विमान दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

 साउन १४, २०७६ मंगलबार ९:७:३६ | एजेन्सी
unn.prixa.net

पाकिस्तानको रावलपिण्डीमा सैन्य विमान दुर्घटना हुँदा १० जना सर्वसाधारणसहित कम्तीमा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

रावलपिण्डीको आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा चालक दलका ५ जना र १० जना सर्वसाधरणको ज्यान गएको बीबीसीले जनाएको छ । तालिमको क्रममा रहेको सेनाको सानो विमान दुर्घटना हुँदा केही घरमा पनि क्षती पुगेको छ ।

दुर्घटनाको कारण भने नखुलेको र अहिले उद्धारको काम भैरहेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: भदौ २३, २०७६

तपाईको प्रतिक्रिया