विश्वकपमा हारेपछि पनि विराट कोहली कसरी कप्तान बने : पूर्व क्रिकेटर गावस्कर

 साउन १४, २०७६ मंगलबार १२:८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

टेस्ट क्रिकेटमा पहिलो पटक १० हजार रनको आँकडा छुने भारतीय पूर्व क्रिकेटर सुनील गावस्करले विराट कोहलीलाई लिएर प्रश्न उठाएका छन् । 

आईसीसी विश्वकप २०१९ को सेमिफाइनलमा भारतीय टिमले हार बेहोरेपछि पनि विराट कोहलीलाई कप्तान बनाएकोप्रति सुनील गावस्करले आपत्ति जनाएका छन् ।‘यदि विरोट कोहलीलाई फेरि कप्तान बनाउनु नै थियो भने यसको लागि पहिला एक आधिकारिक बैठक हुनुपर्थ्याे’, गावस्करले भने ।

अंग्रेजी समाचार पत्र मिड–डे मा लेखिएको स्तम्भमा गावस्करले भनेका छन्, ‘चयनकर्ताहरुले वेस्ट इण्डिज भ्रमणको लागि कुनै बैठक नगरिकन नै कप्तानको चयन गरेका छन् । विराट कोहलीलाई आफ्नै दममा टिमको कप्तान बनाइएको हो कि चयन समितिको दयाको कारण कप्तान बनाइएको हो ?’ 

गावस्करले विराट कोहली विश्वकपसम्मको लागि मात्र कप्तानको रुपमा चुनिएको बताएका छन् । 

एमएसके प्रसादको अध्यक्षता रहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्डको चयन समितिले वेस्ट इण्डिज भ्रमणका लागि विराट कोहलीलाई तीन ओटै फर्म्याटको कप्तान चुनेको छ । 

तर भारतीय क्रिकेट टिमका प्रशिक्षक रवी शास्त्री र भारतीय पूर्व क्रिकेटर सञ्जय मन्ज्रेकरले भने सुनील गावस्करको टिप्पणीलाई लिएर असहमति जनाएका छन् । प्रशिक्षक शास्त्रीले विराट कोहली दोस्रो पटक कप्तान बन्नु खुशीको कुरा भएको बताएका छन् ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया