बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका– १० को वडा कार्यालयमा नचिनेका मानिसको समूहले मंगलबार राति आगजनी गरेको छ ।
आगजनीबाट वडा कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ढोकाको ताला फुटाएर वडा कार्यालयभित्र रहेका कागजातहरु जम्मा गरी आगजनी गरिएको वडाध्यक्ष भक्तबहादुर खड्काले बताउनुभयो ।
आगलागीबाट वडा कार्यालयभित्र रहेका सम्पूर्ण कागजातहरु जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो ।
घटना कसले गरायो भन्ने विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख महेन्द्र दर्नालले बताउनुभयो । ताला काटेर आगो लगाउनु, दराजभित्र भएका कागज र क्म्प्युटर भूइँमा राखेर आगो लगाउनु रहस्यमय भएको उहाँले बताउनुभयो ।
आगजनीबाट भएको क्षतिको विवरण संकलन भैरहेको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।