वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड समस्याग्रस्त अवस्थाबाट फुकुवा

 साउन १५, २०७६ बुधबार १३:२७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड समस्याग्रस्त अवस्थाबाट फुकुवा भएको छ । 

नेपाल राष्ट्र बैंकले बुधबार सूचना निकालेर २०७० वैशाख १३ गते वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरेर कारोबारमा रोक लगाएको थियो । 

समस्याग्रस्त घोषणा भैसकेपछि वर्ल्ड मर्चेन्टले ऋण दिने, निक्षेप संकलन गर्ने र जमानत बस्नेलगायतका क्रियाकलाप गर्न पाएको थिएन । तर यही साउन ४ गतेको निर्णयअनुसार वर्ल्ड मर्चेन्टलाई समस्याग्रस्त वित्तीय संस्थाबाट फुकुवा गरी ससर्त कारोबार गर्न दिइने राष्ट्र बैंकले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया