थाइल्याण्डको गुफामा फसेका थप चारजनाको उद्धार

 असार २५, २०७५ सोमबार १८:५६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

थाइल्याण्डको गुफामा फसेको थप चार जनाको उद्धार गरिएको छ ।

सोमबार थप चारजनाको उद्धार गरिएको अधिकारीले बताएका छन् । आइतबार र सोमबार गुफामा फसेका ८ जनाको उद्धार गरिएको छ । द गार्जियनका अनुसार उद्धार गरिएका सबै जनालाई अस्पताल भर्ना गरिएको छ ।

स्रोतका अनुसार पाँचौ बालकको उद्धार त्यहाँको स्थानीय समय अनुसार बेलुका पाँच बजे भएको थियो । ६ बजे छैटौं र केही घण्टाको अन्तरमा सातौं र आठौं बालकको उद्धार गरिएको गार्जियनले उल्लेख गरेको छ ।

चार जनालाई उद्धार गर्न आइतबार आठ घण्टाको समय बिताएका उद्धारकर्ताहरुले सोमबार बिहान ११ बजेदेखि उद्धारको काम सुरु गरेका थिए । सोमबार उद्धारका लागि दोस्रो टोली परिचालन भएको थियो । अब गुफामा एकजना प्रशिक्षक र चारजना बालक रहेका छन् । अाजका लागि उद्धार कार्य स्थगित भएकाे छ । सम्भवत: मंगलबार सबैजनाकाे उद्धार भइसक्ने छ ।

उत्तरी थाइल्याण्डको एउटा गुफामा १५  दिनदेखि फसेका १२ बालक र उनीहरुका प्रशिक्षकलाई बाहिर निकाल्न अाइतबारदेखि अभियान सुरु भएको हाे । अाइतबार स्थानीय समय अनुसार बिहान १० बजे २३ जना उद्धारकर्ताको समूह बच्चाहरुलाई बाहिर निकाल्न पठाइएको थियाे ।

गएको २३ जुनमा गुफामा घुम्न गएका बालबालिका र उनीहरुका प्रशिक्षकलाई ९ दिनपछि गएको मंगलबार गुफाभित्र सकुशल रहेको भेटिएका थिए । गएको मंगलबारदेखि नै उनीहरुको उद्धारको लागि प्रयास गरिए पनि उनीहरुलाई बाहिर निकाल्न सकिएको थिएन । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया