‘विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक छैन’
बैशाख १२, २०८१ बुधबार
इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको बहुचर्चित टेस्ट क्रिकेट सिरिज एसेज बिहीबारदेखि सुरु हुँदै छ । अस्ट्रेलियाले यसअघि नै सुरुको टेस्ट म्याचका लागि प्लेयिङ सेट सार्वजनिक गरिसकेको छ ।
पाहुना टोली इंग्ल्याण्डले बुधबार प्लेयिङ सेट सार्वजनिक गरेको थियो । जसमा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका जोफ्रा आर्चरले टिममा स्थान बनाउन असफल भएका छन् । यस्तै, जोसन रोयले भने टेस्टमा डेब्यू गर्ने भएका छन् ।
यस्तै, साम कुरनले पनि स्थान बनउन सकेनन् । आएरल्याण्डविरुद्धको टेस्टमा भने उनी खेलेका थिए । इंग्ल्याण्डले जेम्स एन्डरसन, स्टुअर्ट बोर्ड, बेन स्टोक्स र क्रिस बोक्सले अन्तिम ११ मा स्थान पक्का गरेका छन् । यस्तै जोनी बेयरस्टो तथा जोस बटलर पनि टिममा परेका छन् ।
यी दुई मध्ये विकेटकिपरको भूमिका कस्ले निभाउने त्यो भने तय भएको छैन ।
इंग्ल्याण्ड प्लेइङ सेट
जोय रुट कप्तान, रोरी बर्न्स, जोसन रोय, जोए डेनले, जोस बटलर, बेन स्टोक्स, जोनी बेयरेस्टो, मोइन अली, क्रिस वोक्स, स्टुअर्ट ब्राड र जेम्स एन्डरसन ।