एनसेलको टावरमा आगजनी र विष्फोटको प्रयास

 साउन १६, २०७६ बिहिबार ७:३४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुरको कोञ्जोसोम गाउँपालिका शङखुमा रहेको एनसेलको टावरमा आगजनी र विष्फोटको प्रयास भएको छ ।

परिचय नखुलेको समूहले बुधबार राति टावरमा आगजनी र तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ । टावर नजिकै बम जस्तै शंकास्पद बस्तु भेटिएको छ ।

अहिले महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायव उपरिक्षक रामकृष्ण सापकोटा नेतृत्वको प्रहरी टोली र बम निष्कृय बनाउने नेपाली सेनाको टोली पनि घटनास्थलमा पगेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया