ओसामा बिन लादेनका छोरा हम्जाको ‘मृत्यु’ भइसकेको अमेरिकी अधिकारीको दाबी

 साउन १६, २०७६ बिहिबार ९:३२:५० | एजेन्सी
unn.prixa.net

अल काइदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भइसकेको अमेरिकी गुप्तचर अधिकारीले दाबी गरेका छन् ।

हम्जा बिन लादेनको मृत्यु कहाँ र कहिले भयो भन्नेबारे भने जानकारी दिइएको छैन ।

गएको फेब्रुअरी महिनामा अमेरिकी सरकारले हम्जाको जानकारी दिनेलाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेको थियो ।

हम्जा विन लादेनको उमेर ३० वर्ष अनुमान गरिएको छ । हम्जाले अमेरिकासहित अन्य देशमा आक्रमण गर्ने जानकारीसहितको अडियो र भिडियो सन्देश जारी गरेका थिए ।

हम्जा विन लादेनको मृत्यु भएको खबर सबैभन्दा पहिलोपटक नै न्यूओर्क टाइम्स र एनबीसीले प्रकाशित गरेका थिए ।

अमेरिकाका विशेष सैन्य दलले सन् २०११ को मेमा ओसामा विन लादेनको हत्या गरेको थियो । हम्जाले पिताको हत्याको बदला लिने अठोट गर्दै आइरहेका थिए । गएको मार्चमा साउदी अरेबीयाले हम्जाको नागरिकता पनि खोसेको थियो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया