दशैँमा नेपाल एयरलाइन्सले जापानको नारितामा चार्टर उडान भर्ने, बुकिङ सम्पन्न

 साउन १६, २०७६ बिहिबार १७:३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँमा जापानबाट नेपाल आउने यात्रुलाई लक्षित गरेर नेपाल एयरलाइन्सले नारितामा चार्टर उडान गर्ने भएको छ । 

निगमको पहिलो चार्टर उडान सेप्टेम्बर २६ मा हुनेछ । एयरलाइन्सको वाइडबडी जहाज सेप्टेम्बर २६ अर्थात् असोज ९ गते नारिता गएर १० गते नेपाल फर्कनेछ ।

यस्तै दोस्राे चार्टर उडानको लागि निगमको जहाज असोज १५ गते नारिता पुगेर १६ गते नेपाल फर्कने निगमका प्रवक्ता गणेश चन्दले उज्यालोलाई जानकारी दिनुभयो । दुवै उडानका लागि बुकिङ सम्पन्न भैसकेको पनि उहाँले बताउनुभयो । 

नेपाल एयरलाइन्सले जापानकै ओसाकामा भदौ १२ गतदेखि हप्ताका २ ओटा नियमित उडान गर्दैछ । तर ओसाका क्षेत्रमा नेपालीको बसोबास कम भएकाले नारितामा २ ओटा चार्टर उडान गर्न लागेको निगमले जनाएको छ  । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया