माथिल्लो त्रिशूली थ्री ‘ए’: दोस्रो युनिटको परीक्षण उत्पादन सुरु

 साउन १६, २०७६ बिहिबार १८:४२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - माथिल्लो त्रिशूली थ्री ‘ए’ ले दोस्रो युनिटबाट परीक्षण उत्पादन सुरु गरेको छ ।

आयोजनाले विभिन्न परीक्षण सकाएसँगै बुधबारदेखि ३० मेगावट विद्युत परीक्षण उत्पादन सुरु गरेको हो । यसको अवधि ७२ घण्टाको रहने छ ।
परीक्षण उत्पादन सफल भएमा आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्नसक्ने आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताउनुभयो । आयोजनाले पहिलो युनिटबाट गएको जेठ ४ गते परीक्षण उत्पादन सुरु गरेको थियो । 

६० मेगावटको यो आयोजनाले पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन सुरु गरिसकेको छ । रसुवा र नुवाकोटमा निर्माण भइरहेको आयोजनाले गएको असार अन्तिमबाट व्यवसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको थियो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया