तनहुँको गौरवको आयोजना पराशर मार्गमा कालोपत्र गर्न शुरु
बैशाख १२, २०८१ बुधबार
गोरखा – सिरानचोक गाउँपालिका वडा नम्बर १ केराबारीमा चालकसहित एक्स्काभेटरलाई पहिरोले पुरेको छ ।
स्थानीय गुप्चेखोला नजिकै बाटो खन्दै गरेको एक्साभेटर र चालकलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेको हो । सिन्धुपाल्चोक मेलम्चीका चालक रमेश तामाङलाई पहिराेले पुरेकाे प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनुभयो ।
'पहिरोमा पुरिएका चालकको हातमात्र देखिएको छ भन्ने खबर आएको छ । प्रहरी र स्थानीय बासिन्दाले उद्धारकाे प्रयास गरिरहेका छन्', अधिकारीले भन्नुभयो ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।