विदेश जान सिन्धुपाल्चोकका ७६ जनाले सिके सीप

 साउन १७, २०७६ शुक्रबार १७:२३:२२

रीना श्रेष्ठ/सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोक – विदेश जाने तयारीमा रहेका सिन्धुपाल्चोकका ७६ जनाले सीप सिकेका छन् ।

७१ जना महिलाले गार्मेन्टको र ५ जना पुरुषले स्काफेल्डिङ र सटरिङ कारपेन्ट्रीको तालिम लिएको सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत सिन्धुपाल्चोकमा रहेको आप्रवासी सूचना केन्द्रले जनाएको छ ।

सूचना केन्द्रले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र गएर समस्यामा परेका पाँच हजार ८१२ जनालाई सूचना तथा सहयोग प्रदान गरेको छ । केन्द्रले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका तथा समस्यामा परेकालाई परामर्श सेवा, सीप तालिम  र कानुनी सेवा तथा समन्वय निस्शुल्क गर्छ । गएको वर्ष मात्रै सिन्धुपाल्चोकका १४ जना ठगीमा परेका छन् ।

यस्तै विदेशमा अभिभावक गुमाएका सिन्धुपाल्चोकका ३० जना बालबालिकाले शैक्षिक छात्रवृत्ति पाएका छन् । विदेशमा अभिभावक गुमाएकाका छोराछोरीलाई वैदेशिक रोजगार बोर्डले कक्षा १२ सम्म पढ्न वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउँछ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया