एसेज सिरिज : घरेलु टोली इंग्ल्याण्डको मजबुत सुरुवात

 साउन १८, २०७६ शनिबार ८:२८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

एसेज सिरिजमा घरेलु टोली इंग्ल्याण्डले मजबुत सुरुवात गरेको छ । पहिलो दिन नै २८४ रनमा अस्ट्रेलियालाई समेटेर पहिलो पारी सुरु गरेको इंग्ल्याण्डले अहिलेसम्म २६७ रन बनाउँदा ४ विकेट गुमाएको छ ।

दोस्रो दिनको खेल सकिँदा इंग्ल्याण्ड १७ अंकले पछि परेको छ । इंग्ल्याण्डका रोरी ब्रुन्स १२५ तथा बेन स्टोक्स ३८ रन बनाएर खेलिरहेका छन् ।  इंग्ल्याण्डका ओपनर ब्याट्सम्यान जोसन रोय १० रन बनाएर आउट भएका थिए । 

तर दोस्रो विकेटका लागि जो रुट र रोरीले १३२ रनको साझेदारी गरेका थिए । रुट ५७ रन बनाएर पेभेलियन फर्किए । यस्तै जोय डेन्ली १८ तथा जोस बट्लर ५ रनमा आउट भएका थिए ।

रोरी र बेन स्टोक्सले पाँचौँ विकेटका लागि अहिलेसम्म ७३ रनको साझेदारी गरेका छन् । अस्ट्रेलियाका लागि जेम्स पेटिन्सनले २ तथा पेट कम्युन र पिटर सिडलले एक–एक विकेट हात पारेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया