सुनको भाउ अहिलेसम्मकै महँगो, लगातार बढ्दा कारोबार ठप्प

 साउन १९, २०७६ आइतबार ११:२३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ लगातार बढ्दा कारोबार ठप्प जस्तै भएको व्यवसायीले बताएका छन् । 

सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो अर्थात तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गएको शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको भाउले आइतबार नयाँ कीर्तिमान बनाएको हो । सुन तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको हो । 

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि भाउ महँगो भएको महासंघले जनाएको छ । त्यसकै असर नेपालमा पनि परेको हो । सुनको भाउ महँगो भएपछि कारोबार ठप्प जस्तै भएको सुनचाँदी व्यवसायीले बताएका छन् ।

अहिले सुन किन्ने भन्दा पनि बेच्ने धेरै भएको उनीहरुको भनाइ छ ।

अन्तिम अपडेट: भदौ २९, २०७६

तपाईको प्रतिक्रिया