सरकार ढलेपछि राजनीतिबाट सन्यासको तयारी गरिरहेका कुमारस्वामीले भने- म भुलवश मुख्यमन्त्री बनेँ

 साउन १९, २०७६ आइतबार ११:५२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

कर्नाटकका पूर्व मुख्यमन्त्री तथा जनता दल (सेक्युलर) का नेता एचडी कुमारस्वामीले आफू राजनीतिबाट टाढा जान चाहेको बताएका छन् । 

उनले आफू राजनीतिमा संयोगवश आएको र भुलवश प्रदेशको दुई पटक मुख्यमन्त्री बनेको बताएका छन् । कुमारस्वामीले कांग्रेस र जनता दल सेक्युलर (जेडीएस) को १४ महिनाको सरकारको कामबाट आफू खुशी रहेको बताएका छन् । 

कुमारस्वामीले भने, ‘म राजनीतिबाट टाढा जानेबारेमा सोचिरहेको छु । म एकाएक राजनीतिमा आएँ र संयोगवश मुख्यमन्त्री पनि भएँ । मैले राजनीतिमा दुई पटकसम्म मुख्यमन्त्री बन्ने मौका पाए । म राजनीतिमा कहीँबाट पनि सन्तुष्ट छैन ।’

आजको राजनीति कहाँ गएको छ ? यसबारेमा मेरो ध्यानाकर्षण रहेको छ । यो राम्रो मान्छेहरुको लागि होइन, पूरै राजनीति जातिमा टिकेको छ । अब राजनीति मेरो परिवारमा नआओस् । मैले पद छोडिदिएँ, अब म शान्तिसँग रहन चाहान्छु । मैले अब राजनीति गर्नु छैन । म सत्तामा हुँदा राम्रो काम गरेँ । म मान्छेको मन शान्त देख्न चाहान्छु’, उनले भने ।

भर्खर मात्रै कर्नाटकमा कुमारस्वामीको सरकार ढलेको थियो । कर्नाटकमा कांग्रेस र जेडीएसको गठबन्धन सरकार थियो । दुवै पार्टीका धेरै विधायकहरुले सरकारबाट राजीनामा दिएका थिए । त्यसपछि कुमारस्वामीको सरकार संकटमा पर्न थाल्यो । 

विपक्षीको आग्रहमा सभामुख रमेश कुमारले विश्वासको मत गरे पनि कुमारस्वामीले बहुमत पाउन सकेनन् । कुमारस्वामीको विश्वासको पक्षमा जम्मा ९९ र विपक्षमा १०५ मत आएको थियो । त्यसपछि कुमारस्वामीको सरकार ढल्यो । यद्दपि सभामुख रमेश कुमारले राजीनामा दिने सबै विधायकलाई अयोग्य ठहराएका थिए । 

कुमारस्वामीको सरकार ढलेपछि भारतीय जनता पार्टीले बीएस येदियुरप्पाको अगुवाइमा सरकार बनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया