उपकरण ताेडफाेडपछि रेडियो पलाँता आवाज बन्द: सञ्चारकर्मीलाइ ज्यान मार्ने धम्की

 साउन १९, २०७६ आइतबार १७:४५:२२ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट - पलाँता गाउँपालिकाको लगानीमा सञ्चालित रेडियो पलाँता आवाज ९०.३ मेजार्हज आइतबारदेखि बन्द भएको छ ।

स्थानीय जगदिशकुमार पुर्वेले शनिबार बेलुका १० बजेतिर रक्सी पिएर रेडियोको सोलार प्यानल, मिक्सरलगायतका सामाग्रीहरु तोडफोड गरिदिएपछि रेडियो बन्द भएको हो ।

पुर्वेले रेडियोमा पुग्नासाथ आफ्नो अन्तरवार्ता लिनुपर्ने, नलिए विप्लव कार्यक्रता बोलाएर रेडियो जलाउने र रेडियोमा कार्यरत पत्रकारको ज्यान मार्ने समेत धम्की दिएको रेडियोमा कार्यरत सञ्चारकर्मीले बताएका छन् । दोषीलाइ पक्राउ गरी घटनाका सम्बन्धमा आवश्यक छानबिन भइरहेको इलाका प्रहरी कार्यालय थिर्पुका इन्चार्ज कमला मल्लले बताउनु भयो ।

पलाँता गाउँपालिकाले सञ्चारमा स्थानीयको पहुँच बढाउने उद्देश्यले गएकाे वैशाखबाट रेडियो सञ्चा‍लनमा ल्याएकाे थियो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले विज्ञप्ति मार्फत घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभएकाे छ।

पुर्वेले भने आफू राति रेडियोमा गएको तर रेडियाे उपकरणमा क्ष‍ति नपुप्याएको दावी गरेका छन् । ज्यान मार्ने धम्कीपछि सञ्चारकर्मी सुरक्षा खोज्दै जिल्ला सदरमुकाम तर्फ लागेकाे छन् ।  
     

अन्तिम अपडेट: चैत ४, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया