रोहितको कीर्तिमान, टी-२० मा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी

 साउन २०, २०७६ सोमबार ७:१८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतका ओपनिङ ब्याट्सम्यान रोहित शर्माले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन् । वेस्टइण्डिजका क्रिस गेललाई पछि पार्दै रोहितले यो रेकर्ड आफ्नो नाममा सारेका हुन् ।

क्रिस गेलले १०५ वटा छक्का प्रहार गरेका थिए । वेस्टइण्डिजविरुद्ध आइतबार २ वटा छक्का प्रहार गरे पछि रोहितको नाममा नयाँ कीर्तिमान बनेको हो । गेलले ५८ खेलको ५४ इनिङ्समा १०५ छक्का प्रहार गरेका थिए ।

रोहितले ९६ खेलबाट ८८ इनिङ्समा छक्का प्रहार गरेका हुन् । वेस्टइण्डिजविरुद्ध किमो पौलको बलमा छक्का प्रहार गरेका थिए । उनले ५.३ ओभरमा छक्का प्रहार गरेका थिए । त्यससँगै क्रिस गेलको रेकर्ड बराबरी गरे ।

दोस्रो छक्का भने १०.२ ओभरमा सुनिल नरायणको बलमा प्रहार गर्दै १०६ छक्काको रेकर्ड बनाउन सफल भए । रोहित भारतबाट सर्वाधिक छक्का प्रहार गर्ने पहिलो खेलाडी पनि बने ।

टी–२० मा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी पनि रोहित शर्मा नै हुन् । उनले अहिलेसम्म २१४ चौका प्रहार गरेका छन् भने दोस्रो स्थानमा क्रिस गेल रहेका छन् । गेलले १३८ चौका प्रहार गरेका छन् ।

तेस्रो नम्बरमा छक्का र चौका प्रहार गर्ने सवालमा न्यूजिल्याण्डका मार्टिन गप्टिल रहेका छन् । गप्टिलले १०३ छक्का तथा २१४ चौका प्रहार गरेका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया