ग्लोबल टी–२० मा टोरन्टो नेशनल्सको जित, सन्दीपले लिए एक विकेट

 साउन २०, २०७६ सोमबार ८:२७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

ग्लोबल टी–२० क्यानडामा टोरन्टो नेशनल्सले जित हात पारेको छ । टोरन्टोले मोन्ट्रेयल टाइगर्सलाई चार विकेट हराउँदा सन्दीप लामिछानेले एक विकेट लिए ।

उनले चार ओभर बलिङ गर्दा २८ रन दिएर एक विकेट लिए । १६औँ ओभरको पहिलो बलमा सन्दीपले म्याथ्यु क्रसलाई एलबीडब्यूको धरापमा पारेका थिए ।

सन्दीपले एक विकेट लिँदा जेरेमी गोर्डोन र सल्मान नजरले भने दुई दुई विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको मोन्ट्रेल टाइगर्सले २० ओभरमा नौ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । उसका लागि कायल कोट्जरले सर्वाधिक २६ रन बनाउँदा अन्य खेलाडी सस्तैमा आउट भए ।

१३७ रनको लक्ष्य टोरन्टोले १७.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । टोरन्टोका लागि चिराग सुरीले ५२ रनको अर्धशतकीय योगदान दिए । यस्तै क्रिश ग्रिनले अविजित ३० रन बनाए भने हेनरिक क्लासेनले २० रन र रवीन्दरपाल सिंहले १५ रन जोडे ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया