नारायणगढ– मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

 असार २६, २०७५ मंगलबार ११:४७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – नारायणगढ– मुग्लिन सडकखण्ड दुईतर्फी नै खुलेको छ । केहीबेर अघिदेखि दुईतर्फी नै बाटो खुलेको मुग्लिन प्रहरीले जनाएको छ । बिहान ५ बजेतिर खसेको पहिरो हटाए पछि अघि ११ बजेदेखि सडक खुलेको हो ।  

घुमाउने, कालिखोला, गाइघाट र तोपे खोलामा राती पहिरो गएपछि बाटो अवरुद्ध भएको थियो । पहिरो पन्छाउँदै बाटो एकतर्फी खुलाइएको थियो । अहिले सबै ठाउँको पहिरो हटिसकेको मुग्लिन –नारायणगढ सडकखण्ड आयोजनाले जनाएको छ । 

तर बाटो अवरुद्ध हुँदा लामो जाम भएकाले गाडीको आवागमन सामान्य हुन समय लाग्ने आयोजनाले जनाएको छ ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया