पुटिनद्वारा अमेरिकासँग हतियार व्यवस्थापनका लागि नयाँ वार्ताको प्रस्ताव

 साउन २१, २०७६ मंगलबार ७:१०:३६ | एजेन्सी
unn.prixa.net

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट आउनसक्ने ‘अस्तव्यस्तता’लाई मध्यनजर गर्दै सोमबार अमेरिकासँग नयाँ वार्ताका लागि आग्रह गरेका छन् । 

शीतयुद्धकालीन समयमा अमेरिका र तत्कालिन सोभियत सङ्घबीच मध्यम दूरीका आणविक शक्ति सम्झौताबाट अमेरिका र रूस फिर्ता भएसँगै सम्झौता अन्त्य भएको परिप्रेक्षमा पुटिनको यस्तो प्रस्ताव आएको हो ।

“नियम, सीमा र कानून बिहीन अवस्थाको अस्तव्यस्तताबाट जोगिनका लागि सम्भावित सवै परिणामलाई तौलिँदै निःसन्देह गम्भीर बन्नु र वार्ता सुरू गर्नुपर्ने आवश्यकता छ,” पुटिनले एक विज्ञप्तिमार्फत अमेरिकासँग आग्रह गरेका छन् ।

विज्ञप्तिमा थप भनिएको छ, “हामी (रूस) यसका लागी तयार छौँ ।” 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया