उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण, अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यासमाथि दबाब

 साउन २१, २०७६ मंगलबार ८:५६:३४ | एजेन्सी
unn.prixa.net

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तरले दक्षिणी हवाङहाइ प्रान्तबाट समुन्द्रमा लक्षित गरी मंगलबार बिहान दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको हो ।

अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास हुन लागेकाले उत्तर कोरिया रुष्ट बनेको छ । त्यसैको प्रतिक्रिया स्वरुप उसले गएको बुधबार र शुक्रबार पनि क्षेप्यास्त्र परीक्षण गरेको थियो । 

यी मिसाइल कस्ता किसिमका हुन् भन्ने नखुले पनि निरन्तरको प्रक्षेपणले अमेरिकालाई दबाब दिन यस्ता प्रक्षेपण भइरहेको हुन सक्ने बताइएको छ । 

अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको संयुक्त सैन्य अभ्यासका विषयलाई लिएर उत्तर कोरिया आक्रामक बन्दै आएको बीबीसीले उल्लेख गरेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया