औचित्य पुष्टि नभएसम्म संविधान संशोधन हुँदैन : सञ्चारमन्त्री बाँस्कोटा

 साउन २१, २०७६ मंगलबार १३:४३:५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संघीय सरकारलाई आवश्यक्ता महसुस नभएसम्म संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको छ ।

मंगलबर जनकपुरस्थित नेपाल पत्रकार महासंघ धनुषाको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उहाँले सत्तारुढ दल समाजवादी पार्टीसँग भएको संविधान संशोधनको बारेमा औचित्य पुष्टि भए मात्रै संविधान संशोधन हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारलाई जबसम्म संविधान संशोधनको आवश्यक्ता महसुस हुँदैन, तबसम्म संविधान संशोधन हुन सक्दैन ।’

अर्को प्रसंगमा उहाँले संघीय सरकार प्रदेश २ को  विकासका लागि सबैभन्दा बढी लगानी गरेको दाबी गर्नुभयो । ‘प्रदेश २ मै नेपालको एकमात्र रेल्वे, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, कमला मरिन डाइभर्सन, मदन भण्डारी राजमार्ग, कोशी करिडोर, नारायणी करिडोरलगायतका गौरवका परियोजनाहरु सञ्चालनमा छ’, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

उहाँले वर्तमान नेकपाको संघीय सरकार ५ वर्षसम्म परिवर्तन नहुने समेत ठोकुवा गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया