ग्लोबल टी–२० : पानी परेपछि सोमपाल आवद्ध टिमको खेल रद्द, सन्दीप आवद्ध टिमको खेल आज

 साउन २२, २०७६ बुधबार ६:४६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

वर्षाका कारण ग्लोबल टी–२० मा नेपाली बलर सोमपाल कामी आवद्ध टिम विनिपेग हक्स र भ्यानकुभर नाइट्स बीचको खेल रद्द भएको छ । जसका कारण दुवै टिमले एक–एक अंक बाढेका छन् । 

भारी वर्षा भएर पहिलो खेल रद्द हुँदा दोस्रो खेलपनि संभव भएन । जसका कारण अम्पायर लामो समयको पर्खाइपछि खेल नहुने निश्चित गरे । वर्षाका कारण मैदानको आउटफिल्ड खेल्न योग्य नभएको र पिच पनि केही ओसिलो भएकाले रद्द भएको हो । 

यो खेलमा नेपाली बलर सोमपाल कामी खेल्ने नखेल्ने निश्चित भने थिएन । यो बराबरीले तेस्रो स्थानमा रहेको विनिपेग हक्सको ६ खेलबाट ५ अंक भएको छ । 

प्रतियोगितामा बुधबार अर्का नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध टिम टोरन्टो नेश्नल्सले मोन्ट्रेल टाइगर्ससँग खेल्नेछ । अहिलेसम्म खेलेका ५ खेलमा दुईमा मात्र जित निकालेको टोरन्टो लिगको चौथो स्थानमा रहेको छ । 

प्रतियोगितामा नेपाली बलर सन्दीपले दुई खेलमा दुई विकेट हात पारेका छन् । जसमा उनले पहिलो खेलमा एक र दोस्रो खेलमा एक विकेट लिएका थिए । पहिलो खेलमा केहि महंगो बनेका उनी दोस्रो खेलमा राम्रो प्रदर्शन गरेका थिए । बुधबार पनि उनी टिममा पर्ने संभावना बलियो बनेको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया