जडिबुटीमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गयो

 असार २६, २०७५ मंगलबार १६:४६:१ | उज्यालो सहकर्मी

काठमाडौं – काठमाडौंको जडिबुटीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । 

टिप्परको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका भक्तपुरका १८ वर्षीय रोयल सुवेदीको ज्यान गएको हो । 

मंगलबार दिउँसो बा ४ ख ८७ २५ नम्बरको टिप्परले बा ८५ प ७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुवेदीको घटनास्थलमा नै ज्यान गएको हो । मोटरसाइकल चालक अमन ढुंगेल घाइते भएको र उहाँको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको  छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया