शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
सर्लाही – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ ।
बिहीबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५६ प १०४८ नम्बरको मोटरसाइकल ना ५ ख ६०१४ नम्बरको ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार सर्लाहीको बरहथवा नगरपालिका–७ का १९ वर्षीय विक्रमदास कथवनिया र २९ वर्षीय मनोजकुमार दासको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका विक्रमको नमुना अस्पताल हरिवनमा उपचारका क्रममा ज्यान गएको हो भने मनोजको थप उपचारका लागि चितवनको भरतपुर लैजाँदै गर्दा बाटैमा ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको मोटरसाइकलले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
मोटरसाइकल चालक दुवै जना जनकपुरबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाएर घर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन् ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।