बाह्र किलोग्राम सुनसहित बङ्गलादेशको विमानस्थलबाट दुई जापानी पक्राउ

 साउन २३, २०७६ बिहिबार २०:१७:३८ | रासस
unn.prixa.net

सांकेतिक तस्बिर

बङ्गलादेशको राजधानी ढाकामा रहेको एक अन्तराष्ट्रिय विमानस्थलबाट दुई जापानी नागरिकलाई १२ किलोग्राम सुनसहित पक्राउ गरिएको विमानस्थलका एक राजस्व अधिकारीले बताएका छन् ।

मलेसियाबाट बङ्गलादेश पुगेका दुई जापानी नागरिकलाई उक्त सुनसहित बिहीबार पक्राउ गरिएको हो ।

बङ्गलादेश राजस्व अनुसन्धान निर्देशनालयका उपनिर्देशक पायल पाशाले सिन्ह्वासँग भने, 'राजस्व विभागले उनीहरूले सुनसहित प्रवेश गर्दै गरेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।' 

उनीहरूसँगबाट जफत गरिएको १२ किलोग्राम (३० थान सुनका टुक्रा) को मूल्य बिहीबारको बजार मूल्य अनुसार छ करोड बङ्गलादेशी टाका (सात लाख १४ हजार अमेरिकी डलर बराबर) रहेको  उप निर्देशक पाशाले बताए ।

'जापानी नागरिकहरूले हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको हरियो गेट पार गर्ने क्रममा पाइन्टको खल्तीमा लुकाइराखेको अवस्थामा त्याे सुन जफत गरिएको छ', उनले बताए ।

भन्सारले उनीहरूलाई बङ्गलादेशी प्रहरीको जिम्मा लगाइसकेको बताइएको छ ।

स्रोतका अनुसार विदेशी सुन तस्करसँग मिलेर बङ्गलादेशी आपराधिक गिरोहहरूले गैरकानूनी रूपमा ठूलो पैमानामा सुन, विदेशी मुद्रा, लागु औषध तथा प्रतिबन्धित औषधीहरू भित्राउने गर्छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया