त्रिशूली नदीमा बस खस्यो : ३ जनाको मृत्यु, ११ जनाको उद्धार

 साउन २४, २०७६ शुक्रबार ५:५१:२४ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ३ जनाको ज्यान गएको छ । ११ जनाको उद्धार गरिएको छ ।

सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ ।

त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ। घाइतेलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । सेना र प्रहरीले उद्धारको काम गरिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

1 Comments

  • MD Mujtaba

    Aug. 9, 2019, 9:05 a.m.

    My brother was going shurishti bus But I don't know my plz help me Tell me now 9816853331 plz call me

  •  0 Reply

तपाईको प्रतिक्रिया