सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ३९ हजार तीन स...
बैशाख ७, २०८१ शुक्रबार
धादिङ - बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ भने घाइतेहरुकाे संख्या १६ पुगेकाे छ। झण्डै २० जनाभन्दा बढी यात्रु हराइरहेकाे हुनसक्ने अनुमान प्रहरीले गरेकाे छ ।
प्रहरी र स्थानीय मिलेर १६ जना घाइतेकाे उद्धार गरेकाे र उनीहरुकाे मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार अहिलेसम्म ४ जनाकाे शव भेटिएकाे र तीमध्ये दुई जनाकाे सनाखत भएकाे छ । ज्यान गुमाएकामध्ये सर्लाहीका ३५ वर्षका अजय दास र २५ वर्षका विजय कुर्मीको मात्र परिचय खुलेको धादिङ प्रहरीले जनाएको छ ।
हाम्रा सर्लाही सम्वाददाता रामबाबु खड्काका अनुसार सर्लाहीबाट बसमा ४२ यात्रु चढेकाे बताएका छन् भने बसमा चालकसहित ५० जना जति यात्रु रहेका घाइते समिनराजा अन्सारीले बताएका छन् ।चालक निदाएका कारण दुर्घटना भएकाे प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ ।
सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भैहरेको छ ।
त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ । घाइतेमध्ये ९ जनालाई थप उपचारको काठमाण्डाैको ट्रमा र वीर अस्पतालमा ल्याएको छ भने ७ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ । । सेना र प्रहरीले उद्धारको काम गरिरहेका छन् ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।