कोरियन वन र कतारी रियालको भाउ बढ्यो, अरुको घट्यो

 साउन २४, २०७६ शुक्रबार ११:२५:३६ | उज्यालो सहकर्मी

काठमाण्डौ – यो साता लगातार बढेको विदेशी मुद्राको भाउ शुक्रबार भने केही घटेको छ । शुक्रबार कतारी रियाल र कोरियन वनको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी खरिददर ११२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा थियो । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको थियो।  
यस्तै आज कतारी रियालको भाउ केही बढेको छ ।  १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा रहेको थियो । 

शुक्रबार यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा पुगेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा थियो ।

मलेसियन रिगिंटको भाउ पनि केही घटेको छ । रिंगिट १ को खरिददर २६ रुपैयाँ ९६ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ०१ पैसा र बिक्रीदर २७ रुपैयाँ १५पैसा रहेको थियो ।

आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा थियो ।

आज कुवेती दिनार बहराइन दिनारको भाउ पनि घटेको छ । कुवेती दिनार १ को खरिददर ३७० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८८ पैसा छ । हिजो खरिददर ३७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९१ पैसा रहेको थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३ सय रुपैयाँ ८३ पैसा रहेको छ । हिजो खरिददर ३ सय रुपैयाँ ०६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ६६ पैसा रहेको थियो । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया